नेपालको राजनीति विश्वमै नकारात्मक नमुना बन्दै गैरहेको छ। यहाँ अहिलेसम्म वास्तविक प्रजातन्त्रको जग वसिसकेको छैन। यहाँ प्रत्येक व्यक्ति अनुसार प्रजातन्त्रको पनि अलग अलग अर्थ लगाउने गरिन्छ। जनताले प्रत्यक्ष रुपमा शासन गर्न नपाउने खालको प्रजातन्त्रको अभ्यास हालसम्म पनि भईरहेको छ। जनताको प्रतिनिधिहरु भोट पाएर संसदमा या त किनबेचमा लाग्छन्, या कसैको शक्तिको उपासना गरि सत्तामा पुग्ने प्रयत्न गरिरहेका हुन्छन्। ऐतिहासिक संविधान सभाको चुनाव भएको ३ वर्ष पुग्न लागिसक्दा पनि अहिलेसम्म संविधान बन्ने कुनै सामान्य लक्षण समेत देखा परेको छैन। फेरी पनि एकपटक यसको म्याद थपेर आफ्नो सभासद जागिरको नविकरण गर्ने सुरमा प्रत्येक पार्टी प्रमुखहरु लाग्ने कुरा करिब करिब पक्का पक्की जस्तो भैसकेको छ। जनता दिन परदिन महंगी र अभावमा पिल्सिरहेका छन् तर नेताहरुलाई हरपल सत्ताको ध्याउन्न छ। देशमा रहेको संक्रमणकालको नाममा गुण्डागर्दी लुट अनि भ्रष्ट्राचार मौलाईरहेको छ। यसरी नेपालको राजनीति यस्तै रहने हो भने नयाँ नेपाल हामिले कहिले पाउने होला ?
No comments:
Post a Comment