सूर्य ज्योति उ.मा.वि.मा व्यवश्थापन र विज्ञान संकाय सञ्चालन गर्ने निर्णय
मिति २०६८/१०/१० गते बसेको सूर्य ज्योति उच्च माध्यमिक विद्यालय मेहेलकुना सुर्खेतको विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी शैक्षिक सत्र देखि यस विद्यालयमा उच्च माध्यामिक तहमा विज्ञान तथा व्यवस्थापन संकाय संचालन गर्ने निर्णय गरेको छ । बैठकमा यस क्षेत्रमा स्नातक तह संचालन गर्ने सन्दर्भमा समेत छलफल भएको थियो । यस विद्यालयले स्नातक तह संचालनका लागि गत वर्ष नै पहल गरे ता पनि त्रिभुवन विश्व विद्यालयले यस वर्ष नेपाल भरि नै नयाँ क्याम्पसका लागि सम्बन्धन प्रदान नगरेका कारण यस वर्ष क्याम्पस संचालन गर्न नसकिएको विषयमा पनि बैठकमा निष्कर्ष निकालिएको थियो ।