हालै नेपाल टेलिकमले नेपालमा इन्टरनेट चलाउनका लागि द्रुततर प्रविधिको विकास गरेको दावी गरेको छ। आफ्नो Facebook Page मा यस्तो जानकारी राखेको छ ।
वाइम्याक्स हालसम्मको
उच्चगतिको इन्टरनेट प्रविधि हो। यो प्रविधि सुरु गर्न काठमाडौंमा १५ वटा
बिटिएस (टावर) लाई 'अन-एअर' (सञ्चालन) गरिसकेको छ। राजधानीमा ४७ वटा टावरमध्ये आइतबारसम्म ३५ वटा
निर्माण गरिसकेको छ। 'दसैं-तिहारबीचमा परीक्षण पूरा
गरेर व्यावसायिकरुपमा सञ्चालन गर्ने योजना छ,' टेलिकमकी
प्रवक्ता गुणकेशरी प्रधानले भनिन्। टेलिकमले सकेसम्म दसैंअघि नै सञ्चालन गर्ने
तयारी गरेर महसुल दरसमेत प्रस्ताव गरेर स्वीकृतिका लागि दूरसञ्चार प्राधिकरणमा
पठाएको छ। प्राधिकरणले प्रस्ताव गरेको महसुल अहिले
भोलुमबेस (चलाएको आधार)मा मात्र छ। २५६ किलोबिट प्रतिसेकेण्ड स्पिडका लागि कम्तिमा
५ जिबी दिने प्रस्ताव टेलिकमको छ। त्यसको मूल्य ६ सय ५० रुपैयाँ प्र्रस्ताव गरिएको
छ। यही स्पिडमा १० जिबीलाई एकहजार एकसय छ भने सबैभन्दा बढी ३० जिबीको दुईहजार
पाँचसय रुपैयाँ प्रस्ताव गरिएको छ।
घरभित्र
राख्नेगरी 'इनडोर सिपिई' हुन्छ। टावरबाट चार किलोमिटरसम्म पनि यो सिपिईबाट इन्टरनेटलाई चलाउन
सकिन्छ। यसलाई पावर दिएपछि एकैपटकमा तार वा वायरलेस बनाएर धेरैले इन्टरनेट चलाउन
सक्छन्। सानो कार्यालयका लागि इनडोर सिपिई
उपयुक्त हुन्छ। घरमा एकैपटक डेक्सटप, ल्यापटप, स्मार्टफोन चलाउनेलाई यो सिपिई उपयुक्त हुन्छ। ल्यापटप, डेक्सटप लगायत एउटामात्र कम्प्युटरमा इन्टरनेट
चलाउन युएसबी हुन्छ। यसले टावरको एकदेखि डेढ किलोमिटरभित्र वाइम्याक्स इन्टरनेट
चलाउन सकिन्छ। अग्ला भवन, पहाडले नरोकेमा युएसबीबाट दुई
किलोमिटर टाढासम्म इन्टरनेट चलाउन मिल्छ। अहिले बजारमा
सिपिई सजिलै किन्न पाइँदैन। नेपालमा सेवा सञ्चालन नभइसकेको हुँदा डिभाइस किन्न
नपाइएको हो। बजारमा किन्न नपाइने भएकाले टेलिकमले बिक्रेतासँग मिलेर बन्डलिङमा सिपिई
ग्राहकलाई दिँदैछ।
'एडिएसएलमा कम्तिमा १९२ केबिपिएसजस्तै
गरी वाइम्याक्समा २५६ केबिपिएस ब्यान्डविथ हुन्छ,' वाइम्याक्स
परियोजनाका एक अधिकारीले भने। काठमाडौंमा उत्तरमा बुढानीलकण्ठदेखि दक्षिणमा फर्पिङ
र पूर्वमा भक्तपुरदेखि पश्चिममा थानकोटसम्मै वाइम्याक्स चलाउन सकिनेगरी टावर जडान
गरिएको छ। वाइम्याक्सबाट ३० एमबिपिएससम्म
इन्टरनेट चलाउन सकिन्छ। टेलिकमले गरेको परीक्षणमा ११ एमबिसम्म चलेको छ। 'महसुलको प्रस्ताव गरेर प्राधिकरणमा पठाइसकेका छौं,' टेलिकम
प्रवक्ता प्रधानले भनिन्। परीक्षण पूरा भएर प्राधिकरणले स्वीकृति दिनेबित्तिकै
ग्राहकलाई सेवा दिन सुरु गरिने टेलिकमका अधिकारीले बताएका छन्। काठमाडौंमा सेवा सुरु भएपछि एक वर्षभित्र देशका सबै गाविस र नगरपालिकामा
वाइम्याक्स चलाइसक्ने योजनामा टेलिकम छ।
यति धेरै मिठा कुरा गरेपनि नेपालमा ग्रामिण क्षेत्रमा इन्टरनेट पहिले विस्तार गर्नुपर्छ भन्ने कुरा कसैले गरेन। तथापि NTC ले भनेजस्तै काम गर्यो भने यसको प्रशंसा पनि गर्न सकिन्छ, अन्यथा "जुन जोगी आएपनि कानै चिरिएका" भन्ने उखान नै चरितार्थ हुने त होलानी ।
No comments:
Post a Comment